global ime bank Long Banner Ad

गृहपृष्ठ गभर्नर पौडेल नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश

गभर्नर पौडेल नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश

गभर्नर पौडेल नियुक्तिविरुद्धको रिटमा कारण देखाऊ आदेश

नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले उक्त आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो।

मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका थिए। रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी गरिएको छ।

पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैरकानुनी भएको जिकिर गर्दै नियुक्ति बदरको माग रिट निवेदकहरूले गरेका छन्।

प्रकाशित समय : १९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु