आइपिएलमा लखनउविरुद्ध आरसिबीको कीर्तिमानी जित
वि.सं.२०८२ जेठ १४ बुधवार ०७:४७
shares
Jitesh Sharma (c) of Royal Challengers Bengaluru celebrating his half century during match 70 of the Indian Premier League season 18 (IPL 2025) between Lucknow Super Giants and Royal Challengers Bangalore held at the Bharat Ratna Shri Atal Bihari Vajpayee Ekana Cricket Stadium, Lucknow on the 27th May 2025 Photo by: s Saikat Das / Sportzpics for IPL
इण्डियन प्रिमियर लिग (आइपिएल) मा लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।
मंगलबार राति सम्पन्न खेलमा लखनउले दिएको २ सय २८ रनको लक्ष्य आरसिबीले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।
आरसिबीको कीर्तिमानी जितमा कप्तान जितेश शर्माले विस्फोटक ब्याटिङ गरे । उनले ३३ बलमा अविजित ८५ रन बनाए । त्यसक्रममा जितेशले ८ चौका र ६ छक्का प्रहार गरे । यस्तै, पूर्वकप्तान विराट कोहलीले पनि आक्रामक ब्याटिङ गर्दै ३० बलमा १० चौकासहित ५४ रन जोडे ।
मंयक अग्रवालले २३ बलमा ५ चौकाको सहयोगमा नटआउट ४१ रनको योगदान गरे । कप्तान शर्मा र अग्रवालबीच पाँचौं विकेटका लागि १०७ रनको अविजित साझेदारी भयो, जसले आरसिबीलाई सहज जित दिलायो ।
ओपनर फिल साल्टले १९ बलमा ३० रन बनाउँदा रजत पाटिदार ७ बलमा १४ रनमा आउट भए ।
त्यसअघि भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको लखनउले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २७ रन बनायो ।
अब आरसिबीले क्वालिफायर वानमा पञ्जाब किंग्सको सामना गर्नेछ । यी दुई टिमबीचको खेल बिहीबार हुनेछ । यस्तै, एलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्स आमनेसामने हुने छन् । यी दुई टिमबीचको प्रतिस्पर्धा शुक्रबार हुनेछ ।
























