global ime bank Long Banner Ad

गृहपृष्ठ साँगामा सडक विस्तारका क्रममा पहिरो खस्दा मजदुर घाइते

साँगामा सडक विस्तारका क्रममा पहिरो खस्दा मजदुर घाइते

साँगामा सडक विस्तारका क्रममा पहिरो खस्दा मजदुर घाइते

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-साँगा खण्डमा सुक्खा पहिलो खस्दा आज एकजना मजदुर घाइते भएका छन् । भक्तपुरको जगाति-साँगा खण्ड र साँगा-धुलिखेल खण्डमा भइरहेको सडक विस्तारका क्रममा अत्यन्तै जोखिमस्थलका रूपमा रहेको सूयविनायक नगरपालिका-१० साँगाको झोलुङ्गे पुलमुनि सुक्खा पहिरो खस्दा सडक विस्तारको काम गरिरहेका मजदुर पुरिएर घाइते भएका हुन् ।

बर्दियाको वारबर्दिया नगरपालिका-५ घर भई हाल सूर्यविनायक-९ पलासेँ बस्दै आएका ५२ वर्षीय तुलारा थारू घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घाइतेको तत्कालै उद्धार गरी उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सडक निर्माणमा भएको ढिलाइ, साँझापख भक्तपुरको पलासेँ खण्डमाथिबाट पहिरो झर्ने, सडक तल ठूलो भिर रहेकाले मजदुरले जोखिम मोलेर काम गर्ने र यात्रीले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।

प्रकाशित समय : १४:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु