गृहपृष्ठ दोलखामा बाँस तथा निगालोबाट विभिन्न सामग्री बनाउने तालिम
दोलखामा बाँस तथा निगालोबाट विभिन्न सामग्री बनाउने तालिम
दोलखाको भीमेश्वर नगरपालिका ४ जिलु, टहलेमा बाँस तथा निगालोबाट विभिन्न सामग्री बनाउने तालिम सुरु भएको छ ।
पराम्परागत सिपको प्रर्वद्धन र वातावरणमैत्री सामाग्रीको उत्पादन तथा प्रयोग वृद्धि गराउने उद्देश्यले वडा कार्यालयले सो तालिम सुरु गरेको हो ।

तालिमको उद्घाटन गर्दै वडाध्यक्ष तारानाथ चौलागाईँले पराम्परागत सिप विस्थापित हुने खतरामा रहेकोले यसको संरक्षण र सम्बर्द्धनमा आफूहरुको ध्यान गएको बताए ।
कृषिमा मात्रै नभई अन्य कार्यमा समेत यस्ता सामाग्रीहरूको प्रयोग हुने हुँदा यसको उत्पादन बृद्धि गराउन वडाले तालिम सुरु गरेको उनले सुनाए।
उनले यो पेशा बुढापाकाको मात्रै नभइ युवाको पनि बनाएको खण्डमा र यसको प्रयोग बढाउन सकेमा वातावरण प्रदूषित गर्ने प्लास्टिकजन्य सामाग्री आयातमा कमी हुने औंल्याए। यस्ता सामग्रीको बजार व्यवस्थापन वडा सरकारले गरिदिने वडाध्यक्ष चौलागाईँले बताए । १० दिने चल्ने सो तालिममा १० जनाको सहभागिता रहेको छ ।

तालिमको सहजीकरण महेश राइले गरिरहेका छन। तालिममा सहभागीहरुले नयाँ नयाँ डिजाइनका सामाग्रीहरु बनाउन सिकिरहेका छन् । यसबाट उनीहरुको सीप विकास भइ घरमै बसेर स्थानीय कच्चापदार्थको प्रयोगबाट विभिन्न सामाग्री उत्पादन तथा बिक्री गरी आयआर्जन गर्न सक्नेछन् ।
प्रकाशित समय : १३:११ बजे



















