गृहपृष्ठ राजनितिक चेतनाको आधारमा मधेश समृद्ध भूमि हो : गृहमन्त्री लेखक
राजनितिक चेतनाको आधारमा मधेश समृद्ध भूमि हो : गृहमन्त्री लेखक
जनकपुर । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेश सभ्यता, संस्कृति र राजनितिक केन्द्रको आधारमा समृद्ध भूमि भएको उल्लेख गरेका छन् ।
शनिबार नेपाली कांग्रेस मधेश प्रदेश, कार्यसमितिद्वारा जनकपुरधाममा आयोजित विशेष बैठकमा बोल्दै गृहमन्त्री लेखकले मधेश प्रदेश राजनितिक रुपले सर्वाधिक चेतनशिल ठाउँ रहेको बताएका हुन् ।
उनले मुलुकमा लोकतन्त्र स्थापना, गणतन्त्र स्थापना, संघियताको सुनिश्चितताका निम्ति, समावेशी चरित्रको राज्य निर्माण गर्न लगायत हरेक राजनितिक परिर्वतनको आन्दोलनमा मधेश प्रदेशको सबै भन्दा ठूलो भूमिका रहेको बताए ।
गृहमन्त्री लेखकले संविधानको कार्यान्वयन र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानका मुल तत्वहरुको सुदृढिकरण नै सबै भन्दा राम्रो बाटो र उपाय भएको बताए । उनले मधेश प्रदेशले यी कुराहरुलाई गम्भिरतापूर्वक राम्ररी बुझेको उल्लेख गरे ।
अहिले संविधान र संघियतालाई समाप्त गर्न संविधान विरोधी गतिविधिहरु भइरहेकाले मधेश र मधेशी जनताले यो कुरा बुझ्न जरुरी रहेको उनले धारणा राखे ।
विशेष बैठकमा प्रदेशका नेता, कार्यकर्ताहरुले गृहमन्त्री लेखकलाई प्रदेशका गतिविधि र राजनितिक अवस्थाबारे जानकारी गराउनुका साथै आफ्ना समस्याहरु सुनाएका थिए ।
प्रकाशित समय : २०:०३ बजे




















