global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ टिपर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

टिपर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

टिपर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

रौतहट । सर्लाहीको बागमती नगरपालिका–१, पानी ट्याङकी चोकमा शनिबार टिपर र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक मलंगवा नगरपालिका–१०, का २१ वर्षीय मोहमद कैफ मिकरानीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङका अनुसार बागमतीबाट हरिवनतर्फ बालुवा लोड गरेर आउँदै गरेको ना.७ ख ६३९१ नम्वरको टिपरले विपरीत दिशाबाट गइरहेको बा. ६६ प ८४६० नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटना गम्भीर घाइते अवस्थामा रहेका मिकरानीलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचारपश्चात थप उपचारका लागि एलएस न्यूरो अस्पताल वीरगन्ज लैजाँदै गर्दा मृत्यु भएको हरिवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार मलंगवा नगरपालिका–१०, कै २४ वर्षीय सुमितकुमार यादव गम्भीर घाइते भएका छन् । सुमितको एल एस न्यूरो अस्पतालमा उपचार भैइ रहेको छ ।मोटरसाइकललाई ठक्कर दिने टिपर र टिपर चालकलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रकाशित समय : २०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु