global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभा पोखरा कोटिहोममा

अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभा पोखरा कोटिहोममा

अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभा पोखरा कोटिहोममा

पोखरा । अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचनको लागि आइपुगेकी छिन् । उनको उपस्थितिमा शनिबार कोटिहोम विराट ज्ञान महायज्ञको समुद्घाटन समेत गरिएको छ ।

उनले आज देखि १६ गतेसम्म पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

यसअघि १४ दिन कथा वाचन गरेर सम्पूर्ण भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरमा भक्तजनलाई पुनः पोखरामा कथा श्रवण गर्न मौका मिलेको हो ।

देवी प्रतिभाले नेपाल भक्तजनको मायाले पुनः पोखरामा कथा वाचनको लागि आफूलाई तानेको बताइन् । उनको‘प्यार से बोलो ना’ शब्दले पोखारा कोटिहोम गुञ्जायमान भइरहेको छ ।

उनले भनिन्, ‘मलाई नेपाली भक्तजनले यति धेरै माया दिनुभएको छ कि त्यही मायाको कारण पुनःपोखरामा कथा वाचनको लागि आएकी छु । पोखरा बासीबाट दुई दिनमा एक हजार म्यासेज आयो भने आउँछु भनेको थिए । तर एक घण्टामा नै आयो यो मायाको लागि आभार छु ।’

प्रकाशित समय : १९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु