गृहपृष्ठ किन थुप्रिए काठमाडौँमा ईभी गाडी ?
किन थुप्रिए काठमाडौँमा ईभी गाडी ?
default
काठमाडौँ । विद्युतीय गाडीको आयात उच्च गतिमा बढेको छ ।
बैशाख महिनामा मात्रै १८ सय ९२ वटा विद्युतीय गाडी आयात भएको हो । आयात भएका त्यस्ता गाडीहरुमध्य १ हजार ५० वटा गाडी चोभार सुख्खा बन्दरगाहमा थुप्रिएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माण भईरहेका बेला बजेटबाट कर बढ्ने भन्दै व्यवासायीहरुले धमाधम विद्युतीय गाडी आयात गर्न थालेका हुन् ।
विशेषगरी सिन्धुपाल्चोकस्थित तातोपानी नाका र रसुवागढी भन्सार नाकाबाट विद्युतीय गाडी आयात भईरहेको छ । ती नाकाबाट भित्रिएका गाडीहरुलाई चोभार सुख्खा बन्दरगाहमा पार्किङका लागि राख्ने गरिएको छ । सुख्खा बन्दरगाहभित्र भएका गाडीहरु जाँचपास भईसकेका गाडीहरु हुन् भने भन्सार पासका लागि आएका गाडीहरुलाई यार्डभित्र राखिएको छ ।
उत्तरी नाकाबाट अझै पनि धमाधम गाडी आयात भईरहेको छ । यतिबेला सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण गरिरहेको छ । सोही बजेटबाट कर बढ्ने आँकलन गर्दै व्यवसायीहरुले धमाधम विद्युतीय गाडी भित्र्याईरहेका हुन् । यसअघि गत वर्ष पनि बजेटको मुखमा धेरै गाडी भन्सार पास भएका थिए ।
प्रकाशित समय : १७:१७ बजे


















