global ime bank Long Banner Ad

गृहपृष्ठ ‘मेरो शारीरिक अवस्थाबारे गुनासो छैन्, यो इश्वरकै उत्कृष्ट योजना रहेछ’

‘मेरो शारीरिक अवस्थाबारे गुनासो छैन्, यो इश्वरकै उत्कृष्ट योजना रहेछ’

‘मेरो शारीरिक अवस्थाबारे गुनासो छैन्, यो इश्वरकै उत्कृष्ट योजना रहेछ’

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश प्रसाईँले भावुक अभिव्यक्ति दिएका छन् ।

प्रसाईँले आफूले धेरै धर्महरुको अध्ययन गरेको भन्दै सनातन हिन्दु धर्म जस्तो स्पष्ट धर्म अरु कुनै नभएको स्पष्ट पनि पारे । उनले यस्तो महायज्ञमा सहभागिता जनाउन पाउँदा सबैलाई एकाकार गर्न मद्दत गर्ने बताए ।

उनले आफु नबुझ्ने हुँदा आफ्नो शारीरिक अवस्थालाई लिएर भगवानसँग गुनासो गर्ने गरेको भन्दै उनले अहिले आएर आफू इश्वरको उत्कृष्ट योजना भएको उत्तर पाएको बताए । उनले आफ्नो शारीरिक अवस्था भगवानकै उपहार भएको बताए ।

उनले भने,‘यस्तो महायज्ञहरुले हामीलाई ऐना देखाउँछ । एकाकार गर्न यस्तो अनुष्ठानले मद्दत गर्दछ । इश्वरको योजना अपरम्पार हुने रहेछ । कसैले मलाई भगवान कस्ता हुन्छन्, स्वरुप कस्तो हुन्छ भनेर प्रश्न गर्ने गरेका छन् । तर इश्वर त कल्पना भन्दा पनि पर हुन्छन् । म सानो छँदा इश्वरसँग प्रश्न गर्थें, मलाई मात्र किन यस्तो अवस्थामा पुर्यायौ भन्ने गर्थें । तर पछि उमेर बढ्दै गएपछि पब्लिक स्पिकमा सहभागी भए । त्यसपछि मैंले भगवानसँग गुनासो गर्न छाडिदिए । मेरो पब्लिक स्पिचले आत्माहत्या गर्न लागेका व्यक्तिले पनि शान्त भए भन्नुभयो । त्यही दिन मैले उत्तर पाए–म इश्वरको उत्कृष्ट योजना रहेछु ।’

आफूले आफैंलाई र आफ्नो योग्यतााई चिन्न सक्नुपर्ने भन्दै उनले आफ्नो जीवनसँग गुनासो भयो भने झमक कुमारी घिमिरेलाई सम्झन आग्रह गरे ।

त्यस्तै विगतको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको क्षेत्रमा स्वतन्त्र उम्मेद्वारी दिएका सागर ढकालले विश्वका हरेक विश्वविद्यालय गुरुकूल शैलीका रहेतापनि नेपालमा अझै पनि गुरुकुल विश्वविद्यालय नभएको गुनासो गरे ।
उलने नेपालमा गुरुकुल संस्कृति विस्तार गर्नुपर्ने आवश्यकता औल्याए । अबको केही वर्षमा गुरुकुलबाट चल्ने विश्वविद्यालय बनाउन सबैले संकल्प गर्न पनि उनले आग्रह गरे ।

प्रकाशित समय : १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु