global ime bank Long Banner Ad

गृहपृष्ठ बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

बिहारको हरियाली क्षेत्र विगत २० वर्षमा दुई गुणा बढेको छ।

सन् २००५ मा वन क्षेत्र ७।६५ प्रतिशत मात्र थियो तर सन् २०२४ मा बढेर १५।०५ प्रतिशत पुगेको छ ।

वातावरण, वन तथा जलवायु परिवर्तन विभागका मन्त्री डा सुनिल कुमारले एक कार्यक्रममा उक्त जानकारी दिएका हुन्। अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन ।

सो अवसरमा वातावरण मन्त्रीले सन् २०२८ सम्ममा बिहार राज्यको हरियाली क्षेत्र १७ प्रतिशत पु¥याउने सरकारको योजना रहेको र यसका लागि विभागीय तहमा तीव्र गतिमा पहल भइरहेको पनि बताए । उनका अनुसार सन् २००५ सम्म बिहार अन्धकारको बिहार भए पनि आजको बिहार देशको सबैभन्दा छिटो विकास हुने राज्यमा गनिएको जानकारी दिए ।

उनका अनुसार बिहारको विकास दर झन्डै १२ प्रतिशत रहेको र राष्ट्रिय वृद्धिदरभन्दा धेरै बढी रहेको पनि दावी गरेका छन । जैविक विविधतामा भएको तीव्र परिवर्तन वा त्यसमा हुने क्षतिको प्रत्यक्ष असर जलवायुमा परेको उनको भनाइ छ । जसका कारण जलवायु परिवर्तन, ग्लोबल वार्मिङ, जमिनको क्षयजस्ता धेरै नराम्रा असरहरु देखा परिरहेका छन् । सबै जनजाति र अनुसूचित जातिको गाउँ पहिचान गरी थप विकास गरिने पनि बताए ।

यी गाउँपालिकाका बासिन्दालाई २० एकड जग्गा दिइने छ, जसमा फलफूलका रुख रोपिनेछ । यसले हरियो कभर बढाउनुका साथै जैविक विविधताको विकास गर्नेछ। विभागका अतिरिक्त मुख्य सचिव हरजोत कौर बम्हराले प्रदेशमा १ सय ३३ सिमसार क्षेत्र रहेको बताइन्, जसको क्षेत्रफल १०० एकडभन्दा बढी छ । यिनको संरक्षण गर्‍यौं भने जैविक विविधता जोगाउन निकै सहयोगी साबित हुनेछ । उनका अनुसार राज्यका तीन प्रमुख रामसार साइटहरूमा बेगुसरायको कंवर ताल, जमुईको नागी नक्टी र अन्य समावेश रहेका छन्।

यसबाहेक राज्यमा अन्य साइटहरू खोजी भइरहेको छ। यसमा छपराको चिरन्द, औरंगाबादको भीम क्षेत्र र बिहार शरीफजस्ता ठाउँहरू पनि समावेश रहेका छन्। यी स्थानहरू समेटेर २ हजार ५९२ हेक्टर क्षेत्रफल विकास गर्ने योजना पनि सार्बजनिक गरिएको छ । जैविक विविधताका सम्बन्धमा साझा कार्ययोजना तयार भइरहेको उनले बताए । यसमा सबै विभाग र नागरिक समाजका व्यक्तिहरूलाई पनि समावेश गरिनेछ।

प्रकाशित समय : १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु