global ime bank Long Banner Ad

गृहपृष्ठ जुम्लाको तिलामा अटो दुर्घटना हुँदा चालकको मृत्यु

जुम्लाको तिलामा अटो दुर्घटना हुँदा चालकको मृत्यु

जुम्लाको तिलामा अटो दुर्घटना हुँदा चालकको मृत्यु

मुगु । जुम्लाको तिला गाउँपालिका–४, भोटचौरमा शुक्रबार भएको अटो दुर्घटनामा चालकको मृत्यु भएको छ ।

क.१ ह.३१ नम्बरको अटो दुर्घटना हुँदा ४४ वर्षीय चालक रणबहादुर कुँवरको ज्यान गएको कुडारी प्रहरी चौकीका प्रहरी हवल्दार बैजु महत्तोले जानकारी दिए ।

प्रहरीका अनुसार तातोपानी गाउँपालिका–१ राँकाबाट तातोपानी–७ सर्मीगाउँतर्फ धान बोकेर जाँदै गरेको अटो सडकबाट करिब ६० मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक कुँवरलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

तर उपचारका क्रममा शनिबार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले पुष्टि गरेको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित समय : १२:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु