काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

2.31K
shares

नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२ गते बस्दैछ ।

समूहका संयोजक प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले उक्त बैठक सिंहदरबारस्थित अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको हलमा बस्न लागेको जानकारी दिए।

नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन तथा दुई देशका सांसदहरूबीच आपसी समन्वय र सहयोग विस्तार गर्ने उद्देश्यले बैठक आयोजना गरिएको उनले बताए ।

यस समूहमा विमलेन्द्र निधि, सुशीला थिङ, भगवती न्यौपाने, सुहाङ नेम्बाङ, माधव सापकोटा, पशुपतिशमशेर जबरा र डा चन्द्रकान्त राउत सदस्य छन।

नेपालको संसद्ले विभिन्न देशका संसदसँग सम्बन्ध विस्तारका लागि संसदीय मैत्री समूह बनाएको छ ।