अब घरजग्गाको कारोबार गर्न व्यावसायिक लाइसेन्स अनिवार्य गरिने
वि.सं.२०८२ जेठ ९ शुक्रवार १५:४२
shares

अब घरजग्गाको कारोबार गर्न व्यावसायिक लाइसेन्स अनिवार्य गरिने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा यो विषय पनि विषय समेटिएको छ ।
पूर्वअर्थसचिव रामेश्वर खनालको नेतृत्वमा बनेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरू कार्यान्वयन गर्न यस्तो योजना अघि सारिएको हो । कार्ययोजना अनुसार अब कुनै पनि व्यक्तिले व्यवसायिक अनुमति बिना घरजग्गा किनबेच गर्न पाउने छैन ।
यो नियम लागू गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई जिम्मा दिइएको छ । अनुगमन र सहजीकरण भने प्रधानमन्त्रीको कार्यालयले गर्नेछ । साथै, अपार्टमेन्ट स्वामित्वबारे पनि कानुन बन्ने भएको छ ।
नेपालमा हालसम्म घरजग्गासम्बन्धी छुट्टै ऐन तथा नियमावली बनेको छैन। हाल घरजग्गा कारोबार व्यवसायीले विना अनुमति कारोबार गर्दै आएका छन् ।
























