काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दोलखामा पहिलो महिला क्याम्पस प्रमुख बनिन् ज्योति केसी

13.85K
shares

पुर्वि पहाडको दोलखामा सञ्चालित ९ वटा सामुदायिक क्याम्पसहरु हनुमन्तेश्वर क्याम्पसमा पहिलोपटक महिला क्याम्पस प्रमुखका ज्योती केसी नियुक्त भएकी छन् ।

जिल्लाको वैतेश्वर गाउँपालिकास्थित मैनापोखरीमा रहेको हनुमन्तेश्वर क्याम्पस सञ्चालक समितिको बिहिबार बसेको बैठकमा रिक्त रहेको क्याम्पस प्रमुख पदमा के.सी.लाइ नियुक्त गरेको हो । २०४७ मा जन्मिएकी केसी सानो उमेरमै क्याम्पस प्रमुख बनेकी छन् । २०७६ बाट उक्त क्याम्पसमा प्राध्यापन सुरु गरेकी के.सी. २०७९ मा सहाएक क्याम्पस प्रमुखमा नियुक्त भएकी थिइन् । २०८० पुस देखि क्याम्पस प्रमुख रिक्त भएपछि उनै के.सी. लाई निमित्त क्याम्पस प्रमुख पदमा काम काज गराउदै आएको र बिहिबार बसेको पुर्ण बैठकले उनैलाई क्याम्पस प्रमुखको जिम्मेबारी दिइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद पन्तले जानकारी दिए ।

क्याम्पस प्रमुख नियुक्त भएपछि न्युज कारोबारसँग कुरा गर्दै केसीले भनिन् दोलखालाई शैक्षिक क्षेत्रको हब बनाउदै उत्कृष्ट जनशक्ति उत्पादनमा लागि पर्ने बताउदै उक्त अभियानमा सघाउन सबै निकायहरुलाई अनुरोध गरेकी छन् । केसीले बढ्दो बसाइसराइका कारण ग्रामिण तहमा मानिशहरु कम भएकाले पनि त्यसको असर शैक्षिक क्षेत्रमा परेको जनाएकी छन् ।

त्रिभुवन सविश्वविद्यालय अन्तर्गत रहेको हनुमन्तेश्वर क्याम्पसमा शिक्षा संकाय अन्तर्गतका स्नातक तहमा शैक्षिक योजना तथा व्यवस्थापन , नेपाली , अंग्रेजी गणित लगाएतका विषयहरु अध्यापन गराइन्छ । उक्त क्याम्पसमा झण्डै १ सय दस जना विद्यार्थीहरु र १७ जना प्राध्यापकहरु कार्यरत छन् ।