काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आगामी वर्षको बजेटमा वृद्धभत्ता पाउने उमेर ७० वर्ष बनाउने तयारी

2.21K
shares

सरकारले वृद्धभत्ता पाउने उमेर बढाउने तयारी गरेको छ ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को सुझाव कार्यान्वयनका लागि तयार गरिएको कार्यायोजनामा ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कामय गर्ने उल्लेख गरिएको हो । कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत भईसकेको छ । हाल नेपालमा ६८ वर्ष पुरा भएका सबै ज्येष्ठ नागरिकले मासिक ४ हजार वृद्धभत्ता पाउँदै आएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटबाटै वृद्धभत्ताको उमेर ७० वर्ष कायम गर्ने तयारी गरेको हो । कार्ययोजनामा भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने समेत उल्लेख गरिएको छ ।