गृहपृष्ठ एमाले नेता अर्याल सहकारी ठगि अभियोगमा पक्राउ
एमाले नेता अर्याल सहकारी ठगि अभियोगमा पक्राउ
नेकपा एमालेका नेता एवं पाटीको पेसागत विशेष प्रदेश कमिटीका सदस्य कृष्ण अर्याल पक्राउ परेका छन् । दिगो पर्यटन सहकारी संस्थाबाट रकम ठगि गरेको आरोपमा अर्याललाई पक्राउ गरिएको हो ।
उनी आफैँ सञ्चालक रहेका सोह्रखुट्टेस्थित दिगो पर्यटन सहकारी सस्थाबाट २०७४ साल जेठमा ११ लाख पचास हजार ऋण लिएका थिए ।
सहकारीले वर्षौंसम्म पटक पटक ऋण तिर्न लिखित एवं मौखिक आग्रह गर्दा पनि उनले साँवा र ब्याज भुक्तानी नगरेपछि २०७९ पुस ४ गते दिगो पर्यटन सहकारी सस्थाले काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । लिएको ऋण नतिरेर अटेर गरिरहेका अर्याललाई अदालतको पक्राउ पुर्जीका आधारमा सोह्रखुट्टे प्रहरीले पक्राउ गरी अपराध महाशाखालाई बुझाएको हो ।
काठमाडौं जिल्ला अदालतले २०८० असार २७ गते ऋणी अर्यालको नाममा रकम भुक्तानी गर्न आदेश दिएको थियो । अदालतको फैसलापछि पनि संस्थाले अर्याललाई पटक पटक रकम भुक्तानी गर्न वा एकमुष्ठ भुक्तानी गर्न नसके ब्याज रकम तिरी नबिकरण गर्न आग्रह गरेको थियो । संस्थाले पटक/पटक आग्रह गर्दा पनि अर्यालले अटेर गरेपछि बाध्य भएर अदालतको फैसला कार्यान्वय गराउन पर्ने अवस्थामा पुगेको सस्थाका सचिब प्रल्हाद लोहनीले बताए ।
किस्ताबन्दीमा भुक्तानी गर्न आग्रह गर्दा पनि चासो नदिएपछि जनताको डिपोजिटको पैसा उठाउनै पर्ने बाध्यता आइपरेको संस्थाले जनाएको छ ।
नेकपा एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य रहेका अर्याल एमाले पर्यटन विभाग सदस्य समेत हुन् । उनी एमालेबाटै पर्यटन बोर्डको सदस्य समेत भएका थिए । अर्याल हाल नेकपा एमाले उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इञ्चार्जसमेत हुन् ।
प्रकाशित समय : १५:०५ बजे



















