global ime bank Long Banner Ad

गृहपृष्ठ ‘स्रोत व्यवस्थापन र बजेट विनियोजनमा कुशलताको कमी भएको छ’

‘स्रोत व्यवस्थापन र बजेट विनियोजनमा कुशलताको कमी भएको छ’

‘स्रोत व्यवस्थापन र बजेट विनियोजनमा कुशलताको कमी भएको छ’

विकास,आर्थिक मामिला तथा सुशासन समिति विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता,पूर्व बजेटका सम्बन्धमा छलफल भएको छ ।

विहीबार समितिको हलमा उक्त विषय माथि छलफल सम्पन्न भएको हो । सोही क्रममा अर्थ मन्त्रालयका सहसचिव एंव प्रवक्ता श्याम प्रसाद भण्डारीले माग धेरै भएपनिस्रोत व्यवस्थापन र बजेट ल्याउने कुरामा विनियोजन कुशलता कम भएको बताए ।

उनले भने, ‘लोक सेवापढ्दैगर्दा २० वर्ष अगाडि लेखेका समस्याहरु अझै समाधान भएका छैनन् । सरकारको नीति तथा कार्यक्रमसँगै संविधानलाई आधार मानेर विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता यस समितिमा प्रस्तुत पनि भइसकेको छ । हाम्रो माग धेरै छन्, त्यसको स्रोत व्यवस्थापन र बजेट ल्याउने कुरामा विनियोजन कुशलता कायम गर्न काम गर्नुपर्नेछ ।’

यस्तै, उनले वर्षौ देखि नै कुशलतामा समस्याहरु देखिएको भन्दै त्यसलाई सम्बोधन गर्न केही काम गरौं भनेर मन्त्रालय लागि परेको पनिब ताए । उनले भने, ‘परियोजनाको उद्देश्य एकातिर छ । हामी कहिले काही त्यो भन्दाथोरै तलमाथि जान्छौ । कतिपय कुराहरु विनियोजन र कार्यान्वयन कुशलतामा केही समस्याहरु छन् ।त्यसलाई कम गर्ने हिसाबमा वर्षौ देखि प्रयास भइरहेको छ । त्यसलाई सम्बोधन गर्न केहीकाम गरौं भनेर मन्त्रालय लागि परेको छ । यसबारे गृहकार्य भइरहेको छ ।’
विकासलाई अलिकति अगाडि बढाउने क्रममा सानो काम गर्न प्रदेश र स्थानीयतह रहेको भन्दै संघले ठूला र महत्वपूर्ण आयोजनामा काम गर्नुपर्ने सिद्धान्तका आधारमा छलफल भइरहेको पनि उनको भनाइछ ।

प्रकाशित समय : १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु