global ime bank Long Banner Ad

गृहपृष्ठ नवउद्यमशीलता सहित कर प्रणाली सुधार लगाएत दर्जनौं विषयमा अर्थमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण

नवउद्यमशीलता सहित कर प्रणाली सुधार लगाएत दर्जनौं विषयमा अर्थमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण

नवउद्यमशीलता सहित कर प्रणाली सुधार लगाएत दर्जनौं विषयमा अर्थमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण

श्याम खतिवडा 

नेपाली कांग्रेसले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा नवउद्यमशीलता प्रवर्द्धनका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ।

नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसले संयुक्त रूपमा गरेको बजेट तथा नीति संवाद कार्यक्रमको सुझाव अर्थमन्त्री विष्णु पौडेललाई हस्तान्तरण गर्दै कांग्रेसले नवउद्यमशीलता प्रबर्द्धनका लागि ध्यानाकर्षण गराएको हो।

बजेटको तयारीमा रहेका अर्थमन्त्री पौडेललाई उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप नीति पूर्ण कार्यान्वयन गर्न, नवउद्यमीलाई सस्तो ब्याजमा कर्जा, कर छुट लगायतका व्यवस्था गर्न सुझाव दिएको कांग्रेस केन्द्रीय सदस्य एवं पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका प्रमुख अजय बाबु शिवाकोटीले बताए। कर सुधारमा पनि ध्यान दिन आग्रह गर्दै शिवाकोटीले दोहोरो कर हटाई एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउन, कर कार्यालयमा जवाफदेहिता बढाउन र डिजिटल कर प्रणालीको विकास गर्नु पर्ने भन्दै उल्लेखित विषहरुलाई समेटेर उद्यमी बन्न चाहाने युवाहरुलाई प्राथमिकता दिएर बजेट बनाउन आग्रह गरेका छन् ।

अर्थमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा शिक्षामा सुधार गर्न, कृषि क्षेत्रमा विशेष ध्यान दिन, कर सुधार, उद्यमशीलता प्रवर्द्धन लगायतका रणनीतिक सुझावहरू छन्।

सुझाव प्रतिवेदन बुझ्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक बर्षको बजेटमा समेत उद्यमशीलता, नवप्रवर्तन तथा लघु उद्यमको सशक्तिकरणका विषय समेटिने प्रतिवद्धता जनाए । त्यसका लागि उचित वातावरण निर्माण गरी कार्यान्वयन पक्ष समेत सुदृढ बनाउने उनको भनाइ थियो ।

सुझाव प्रतिवेदन बुझाउने क्रममा उद्यमशिल कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले उद्यमशिलताको मुद्दामा सरोकारवालाबीच प्रभावकारी छलफल मार्फत साझा धारणा बनाउन जरुरी रहेको बताएका छन् ।

उद्यमशील कांग्रेसका महासचिव मोहन गजुरेलले उद्यमशीलताका मुद्दाहरुको प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई घच्घच्याईरहने जनाएका छन् । पछिल्लो समय नेपाली कांग्रेसको पाटी कार्यालय सानेपामा दैनिकजसो विभिन्न विषयमा विज्ञहरु सहित सरोकारवाला निकायका ब्यत्ति तथा नेताहरु सहितको टोली नीति निर्माण बजेट लगाएतका विषयमा महत्वपुर्ण छलफलमा जुटिरहेको कांग्रेसले जनाएको छ ।

प्रकाशित समय : १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु