global ime bank Long Banner Ad

गृहपृष्ठ मिथिलानी सावित्री पर्वको तयारी गर्दै

मिथिलानी सावित्री पर्वको तयारी गर्दै

मिथिलानी सावित्री पर्वको तयारी गर्दै

मिथिलानीहरू तराई मधेससहित सम्पूर्ण मिथिलाञ्चलमा आउँदो सोमबार अटल सौभाग्यको कामना गर्दै मनाइने पर्वको तयारीमा जुटेका छन् ।

पतिको दीर्घायुको कामना गर्दै नवविवाहिता तथा विवाहित नारीले प्रत्येक वर्ष मनाइने बट सावित्री पर्वका लागि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी नारीहरू (मिथिलानीहरू) विभिन्न तयारीमा लागेका हुन् । मिथिलानीहरू अहिले आआफ्नो गाउँठाउँको हाट बजारमा रातो, पहँेलो तथा रङ्गीचङ्गी नयाँ बस्त्र, चुरा पोते, टिका, विन्दी तथा मेहन्दी किनमेल गर्न व्यस्त देखिएका छन् । पर्वकै लागि अनिवार्य वस्तु बाँसको चोयाबाट निर्मित पङ्खा र डालो किनमेल गर्दै देखिएका छन् ।

पर्व आउन अब एक साता मात्रै बाँकी रहँदा महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित हटियामा अहिले प्रत्येक दिन साँझपख महिलाको घुइँचो लाग्ने गर्दछ । जहाँ महिला बासको पङ्खा र डालो किनिरहेको हेर्न सकिन्छ । त्यस्तै दिनभरि यहाँको विभिन्न श्रङ्गार पसल, कपडा, पसल र चुरापोतेको पसलमा महिलाको भीडभाड रहने गरेको हेर्न सकिन्छ ।

पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि महोत्तरी लगायत तराई, मधेसका महिलाले आउँदो सोमबार बट सावित्री पर्व मनाउने भएको जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका मुख्य पूजारी उपेन्द्र पाठकले बताए । मिथिलाञ्चलमा बट सावित्री पर्वलाई स्थानीय भाषामा ९बरसाइत पावइन० भन्ने गरिन्छ । जेठ कृष्णपक्ष अमावस्याका दिन मनाइने बर साइत पावइन (बट सावित्री पर्व) नवविवाहिता र सामान्य विवाहित महिलाले फरकफरक विधिअनुसार मनाउने चलन छ ।

नवविवाहिता महिलाले पहिलो वरसाइत ९बिहेपछि आउने पहिलो पर्व० अनिवार्य रूपमा ससुराली ९श्रीमान्को घर० मै मनाउनुपर्छ । नवविवाहिताले सो पर्वको लागि नहायखाय ९स्नान गरी सात्विक भोजन० गरेपछि सोह्रश्रृङ्गार अर्थात  लाउने लुगादेखि चुरासम्मका सबै श्रृङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ ।

सोमबार बिहानै नुहाइधोइ रातो पहँेलो पहिरनमा नजिकको वर ९वट०को रुखमुनी बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्नेछिन् । उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रुखमुनी पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति र पत्नी मिलेर पूजा गर्नेछन् । पति र पत्नीले पूजा गरिरहँदा पत्नीको भाइ छाता ओढाएर साक्षीको रुपमा उभिन्छन् । महिला पुरोहितले पर्वको मन्त्र उच्चारण गरी वरको जरामा पूजा गर्छन् । अंकुरी ९पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल० काँक्रो, केरा, स्याउ, अंगुर, आँप, लिची र नरिवल प्रसाइको रूपमा वरको जरामा चढाएर सिँदुरले रगाउँछन् । प्रसाद चढाइ सकेपछि ब्रतालुले पतिलाई उभिन लगाएर वरको रूखमा सात फेरो  पहेँलो र रातो धागोले बेर्छन् । त्यस्तै वरको रूखलाई पति सम्झिदै हलुको हातले सेवा गरेजस्तै थिच्ने, बाँसको पङ्खा लिएर हावा दिने ९हम्किने० विधिहरू पनि पूरा गर्दछन् ।

त्यस्तै आँप र कलश लिएर तीनपटक वरको रूख र पतिको परिक्रमा गर्छन् । परिक्रमा गरिरहेको बेलला ब्रतालुले एकपटक वरको जरामा र अर्को पटक पतिको गोडामा जल चढाउँछन् । यसपछि पत्निले पतिको खुट्टा धोएर चर्नामृतको रूपमा पिउँछिन् ।

यसैबीच सामान्य विवाहित महिलाले पतिको अनुपस्थितिमै वरको बोट मूनि पर्वका सबै विधि विधानहरू पूरा गरेर पूजा सम्पन्न गर्नेछन् भने घरमा गएर पतिको पूजा गर्ने, पतिलाई बाँसको पंखाले हावा दिने (हम्किने), आँपको प्रसाद खुवाउने र पतिको खुट्टा धोएर चर्नामृत पिउने चलन रहेको छ ।

अग्निपुराणमा उल्लेख भएअनुसार व्रती महिला दिनभरि उपवास गरेर सावित्रीको पूजा वृक्षको मुनि बसेर गर्नुका साथसाथै अविवाहित तरूणीहरू पनि गीत गाउँदै र लोकनाच गर्दै यस चाडलाई मनाउने गर्दछिन् । यस पर्वको दिनमा बिहानै विवाहित महिलाहरू उठेर नदी अथवा पोखरीमा स्नान र स्वच्छ तन मन धनले बट वृक्षमुनि सावित्रीको आराधना र अर्चना गरेर धुमधामसहित यसलाई मनाउने गर्दछन् । नयाँ साडी लगाएर आफ्नो सिउँदोमा सिन्दुर हालेर विधिविधानसहित यस पर्वलाई मनाउने परम्परा रहेको छ । विभिन्न फलफूल, अक्षता, धुप, दीपसहित विवाहित महिला गीत गाउँदै गाउँ बाहिर जहाँ बट वृक्षको अवस्थिति हुन्छ । त्यस ठाउँमा गएर सावित्रीको पूजा गर्दछन् । पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरिन्छ । सावित्रीले मृत पति सत्यवान्को पुनर्जीवनका लागि यसरी नै पूजा गरेको धार्मिक पुस्तकका उल्लेख रहेको जलेश्वर नगरपालिका–८ का पण्डित अनिल पाठकले बताए ।

प्रकाशित समय : ०५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु