global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नर्वेको संविधान दिवस समारोहमा उपराष्ट्रपति यादव सहभागी

नर्वेको संविधान दिवस समारोहमा उपराष्ट्रपति यादव सहभागी

नर्वेको संविधान दिवस समारोहमा उपराष्ट्रपति यादव सहभागी

उपराष्ट्रपति रामसहायप्रसाद यादव नर्वे अधिराज्यको २११औँ संविधान दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भए ।

नेपालका लागि नर्वेका राजदूत तोरन ड्रामदलले आयोजना गरेको उक्त समारोहमा उपराष्ट्रपति यादवसहित विशिष्ट व्यक्तिहरूको सहभागी थिए ।

समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, कामको सिलसिलामा यहाँ रहेका नर्वेली नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित समय : २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु