गृहपृष्ठ सातामा सुनको भाउ कस्तो रहयो : प्रतितोला ५७ सय रुपैयाँले घट्यो मूल्य

सातामा सुनको भाउ कस्तो रहयो : प्रतितोला ५७ सय रुपैयाँले घट्यो मूल्य

सातामा सुनको भाउ कस्तो रहयो : प्रतितोला ५७ सय रुपैयाँले घट्यो मूल्य

यो साता नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखियो। आइतबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार३ प्रतितोला तीन हजार सात सय रुपैयाँ घटेको थियो।

मंगलबार २ हजार रुपैयाँले घटेको सुनको मूल्य बुधबार पाँच सय रुपैयाँले बढ्यो। बिहीबार प्रतितोला ३ हजार ५ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार ३ हजार रुपैयाँले बढ्यो।

यो साताको आइतबार १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भयो। समग्रमा यो साता सुनको मूल्यमा ५ हजार ७ सय रुपैयाँको गिरावट देखियो।

प्रकाशित समय : २०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु