global ime bank Long Banner Ad

गृहपृष्ठ कान फोहोर भयो, उसो भए डाक्टरको जानै नपर्ने घरेलु उपाय जान्नुहोस्

कान फोहोर भयो, उसो भए डाक्टरको जानै नपर्ने घरेलु उपाय जान्नुहोस्

कान फोहोर भयो, उसो भए डाक्टरको जानै नपर्ने घरेलु उपाय जान्नुहोस्

हामी मध्ये धेरैले बिना सोचेरै कपास बड वा धारिलो वस्तुले कान सफा गर्न थाल्छौं, जसले प्रतिकूल हानि पु-याउन सक्छ ।

तर, केही सजिलो र प्रभावकारी घरेलु उपचारले कानको फोहोर सजिलै हटाउन सकिन्छ र त्यो पनि सुरक्षित तरिकाले, त्यसैले आउनुहोस् कान सफा गर्ने केही घरेलु उपायहरू बारे जानौं, जुन पूर्ण रूपमा सुरक्षित मानिएका छन्।

मनतातो नरिवलको तेलः नरिवलको तेललाई अलिकति तातो बनाउनुहोस् । ड्रपरको सहायताले २–३ थोपा कानमा हाल्नुहोस् र टाउकोलाई ५ मिनेटसम्म एकतर्फ झुकाएर राख्नु होस्। यसपछि यसलाई कपासले सफा गर्नुहोस्। यो तेलले कानमा जम्मा भएको इयरवाक्सलाई नरम बनाउँछ, जसले गर्दा सजिलै बाहिर निस्कन्छ।

जैतुनको तेलः राति सुत्नुअघि २ थोपा जैतुनको तेल कानमा हाल्नुहोस् । यसपछि यसलाई कपासले सफा गर्नुहोस्। यसले इन्फेक्सनबाट पनि जोगाउँछ र कानको छालालाई मोइश्चराइजसमेत गर्दछ ।

हाइड्रोजन पेरोक्साइड र पानीको मिश्रणः हाइड्रोजन पेरोक्साइड र पानी बराबर मात्रामा मिलाएर ड्रपरको साथ कानमा हाल्नुहोस्। २–३ मिनेट पछि आफ्नो टाउको झुकाउनु होस् र यसलाई सफा गर्नुहोस्। हप्तामा एक पटक भन्दा बढी प्रयोग नगर्नुहोस्।

नुन र मनतातो पानीः तातो पानीमा एक चम्चा नुन घोल्नु होस्। कपासको बलले कानमा केही थोपा हाल्नुहोस् र केही समयपछि सफा गर्नुहोस्। यो सस्तो र सरल समाधानले कानको कोमल सफाईमा मद्दत गर्दछ।

बाफ लिनेः तातो पानीको बाफ लिनुहोस् वा तौलियाले आफ्नो टाउको छोप्नुहोस् । यसले गर्दा कानको फोहोर खुकुलो भएर आफै बाहिर निस्कन्छ । यो विधि पूर्णतया प्राकृतिक छ र कानलाई आरामसमेत दिन्छ।

प्रकाशित समय : ०७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु