global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रहरीले स्थापना गर्यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

प्रहरीले स्थापना गर्यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

प्रहरीले स्थापना गर्यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

प्रहरी प्रधान कार्यालयले आर्थिक अपराध अनुसन्धान गरी दोषीउपर गरिने कानुनी कारबाहीलाई प्रभावकारी बनाउन आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ स्थापना गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले आर्थिक अनुसन्धान ब्यूरो स्थापनाको अवधारणा अनुसार प्रारम्भिक चरणमा इकाइ स्थापना गरी काम अघि बढाइएको र नेपाल सरकारबाट ब्यूरोको दरबन्दी कायम नहुँदासम्म मौजुदा जनशक्तिबाट उक्त एकाई स्थापना गरिएको जानकारी दिए ।

उनले हाल केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको नेतृत्वमा १९ जना प्रहरी कर्मचारी रहने गरी एकाइ स्थापना गरिएको जानकारी दिए ।

थापाले भने, “ब्यूरोकै अवधारणा अघि बढी नेपाल सरकारबाट सैद्धान्तिक सहमतिसमेत प्राप्त भइसकेको छ, तर दरबन्दी कायम भइनसकेकाले त्यो अवधिसम्मका लागि यही जनशक्तिबाट काम गर्ने गरी एकाइ स्थापना गरिएको हो, एकाइले अहिले काम गरिरहेको छ ।” प्रहरीले ब्यूरो स्थापनाका लागि ३५० जनशक्ति माग गर्दै अवधारणापत्र पेस गरेको छ । उक्त ब्यूरो स्थापना भएपछि सङ्गठित अपराध, बैंकिङ अपराध, ठगीलगायतका अर्थतन्त्रसँग जोडिएको अपराधका उजुरीहरू हेर्ने छ ।

प्रकाशित समय : १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु