गृहपृष्ठ सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन
सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २७ प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो।
यस अनुसार कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।
हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले वैशाख ५ गते बुकक्लोज गरेकाले ४ गतेसम्म कायम सेयरधनीहरुले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषतस्तरको रहेको संकेत गर्दछ।
प्रकाशित समय : १०:३४ बजे


















