गृहपृष्ठ साफ यु–१९ च्याम्पियनसिप : आज नेपाल र भारत खेल्ने

साफ यु–१९ च्याम्पियनसिप : आज नेपाल र भारत खेल्ने

साफ यु–१९ च्याम्पियनसिप : आज नेपाल र भारत खेल्ने

१९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ ।

खेल भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

सेमिफाइनलको यात्रा तय गरिसकेका दुवै टोली समूह ‘बी’ विजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

यसअघिको खेलमा नेपालले श्रीलंकालाई ५–० गोलले हराएको थियो भने श्रीलंकाविरुद्ध नै भारतले ८–० गोल गरेको थियो । तर गोल अन्तरका आधारमा भारत शीर्ष स्थानमा रहेको छ ।

 

प्रकाशित समय : १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु