global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘नीति तथा कार्यक्रम उत्कृष्ट छ’

‘नीति तथा कार्यक्रम उत्कृष्ट छ’

‘नीति तथा कार्यक्रम उत्कृष्ट छ’
नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले राष्ट्र निर्माणको सवालमा नीति तथा कार्यक्तम उत्कृष्ट रहेको भन्दै समर्थन रेका छन । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा उनले भने, “नीति तथा कार्यक्रममा धेरै राम्रा विषय आएका छन्, यद्यपी सरकारले शिक्षामा लगानी बढी गर्नुपर्छ ।”
शिक्षामा गुणस्तर वृद्धि गर्नका लागि विद्यार्थीको सङ्ख्याको आधारमा दरबन्दी सिर्जना गर्नुपर्ने ससांसद मितिल्सिनाको भनाइ छ । उनले कर्णाली, मधेस र सुदूरपश्चिमलगायत दुर्गम जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माणको निम्ति सरकारले बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले भने, “धेरै मानिस बिरामीको कारणले सुकुम्वासी हुन बाध्य भएका छन, मिर्गौला, मुटुलगायतका गम्भीर प्रृकृतिका रोगलाई सरकारले निःशुल्क गर्नुपर्छ ।”
सांसद तिमिल्सिनाले रौतहटमा सुविधा सम्पन्न अस्पताल स्थापनाका लागि पटक पटक सरकारसँग माग गर्दापनि माग सम्बोधन नभएको गुनासो गरे । उनले भने, “हामी बिरामी हुँदा राख्नबाट सुविधा लिने, गरिबीका रेखामुनि रहेका मानिस विरामी हुँदा सरकारले बेवास्ता गर्नुहुँदैन, अहिले पनि मिर्गौला कयौँ बिरामीले उपचारमा भएको सम्पत्ति सबै सकेर डाइलासिस गर्न नपाएर मरिरहेको अवस्था छ, त्यसैले सरकारले आगामी बजेटमा स्वास्थ्यको निम्ति प्रयाप्त बजेटको व्यवस्था गर्न जरूरी छ ।”
सांसद मिमिल्सिनाले मधेस प्रदेश कृषिमा सम्भावना भएको प्रदेश हुँदाहुँदै पनि समयमा मलखद, बीउ, सिँचाइको उचित व्यवस्था नभएका कारण किसान वर्सेनि मर्कामा पर्ने गरेको बताए । उनले भने, “मधेस प्रदेशमा बागमती सिँचाइ आयोजना छ, त्यहाँको भूमि उर्बरा भूमि हो, तर यो आयोजनाको लागि अत्यन्त बजेटको व्यवस्था गरिएको छ, यदि  युवा पलायनलाई रोक्ने हो भने सरकारले कृषिमा प्रर्याप्त बजेटको व्यवस्था गर्नुपर्छ ।”

प्रकाशित समय : २१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु