global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ टिसिएल ग्लोबल एजुकेशन कन्सलटेन्सीका ब्राण्ड एम्बेस्डरमा प्रदीप खड्का नियुक्त

टिसिएल ग्लोबल एजुकेशन कन्सलटेन्सीका ब्राण्ड एम्बेस्डरमा प्रदीप खड्का नियुक्त

टिसिएल ग्लोबल एजुकेशन कन्सलटेन्सीका ब्राण्ड एम्बेस्डरमा प्रदीप खड्का नियुक्त

टिसिएल ग्लोबल एजुकेशन कन्सलटेन्सीका ब्राण्ड एम्बेस्डरमा अभिनेता प्रदीप खड्का नियुक्त भएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कन्सलटेन्सीका प्रमुख गजेन्द्र कुमार कार्की र प्रदीप खड्काले ब्राण्ड एम्बेस्डर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरपछि अभिनेता ख्डकाले विद्यार्थीहरुलाई बाहिर गएपछि एकदमै राम्रो हुन्छ भन्ने तरिकाले झुक्याइने परिपाटी एजुकेशन कन्सलटेन्सीमा रहेको बताए । सुरुमा यस कन्सलटेन्सीमा जोडिन केही शंका उत्पन्न भएता पनि बुझ्दैजाँदा विश्वासिलो लागेको कारण नै आफू जोडिएको उनले सुनाए ।

उनले भने,‘विद्यार्थीहरुलाई एकदमै बाहिर गएपछि राम्रो हुन्छ जस्तो लाग्छ । त्यसरी नै झुक्याइने परिपाटी चाँही एजुकेशन कन्सलटेन्सीमा देखिन्छ । एउटा पढ्न भनेर गयो त्यो हुँदैन् । म टिसिएलसँग जोडिदै गर्दा मेरो एउटा मात्र सोच के थियो भने कत्तिको विश्वासिलो छ त म जोडिदै गर्दा तलमाथि भयो भने भोली मेरो पनिनाम जोडिने भएको कारणले सजक छु । त्यही क्रममा बुझ्दा सबैभन्दा मन परेको विश्वासिला भएर हो ।’
उनले टिसिएल ग्लोबलसँग जोडिने आफ्नो निर्णय सहि साबित भएको भन्दै निकै खुसी लागेको बताए ।

त्यस्तै,कन्सलटेन्सी प्रमुख कार्कीले विदेशमा अध्ययन गर्ने प्रक्रिया सरल बनाउने र नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको पहुँचमा सहजिकरण गर्ने आफूहरुको उद्देश्य रहेको बताए ।

उनले अभिनेता ख्डकालाई एम्बेस्डरमा नियुक्त गरेसँगै उनको व्यापक लोकप्रियता, युवामाझको विश्वास योग्यता, जोस, संघर्ष र सफलताको यात्राले युवाहरुलाई अझ बढी प्रेरित गर्ने आशाव्यक्त गरे ।

उनले भने,‘विदेशमा अध्ययन गर्ने प्रक्रिया सरल बनाउनु र नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको पहुँचमा सहजिकरण गर्नु हाम्रो लक्ष्य हो। यही लक्ष्यलाई लिएर हामीले नेपाली चलचित्र उद्योगका ख्याति प्राप्त व्यक्तित्व प्रदीप खड्कालाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेस्डरको रुपमा आज यस कार्यक्रम मार्फत नियुक्त गरेका छौं। उनको व्यापक लोकप्रियता, युवामाझको विश्वास योग्यता, जोस, संघर्ष र सफलताको यात्राले युवाहरुलाई अझ बढी प्रेरित गर्ने आशा गरेका छौं।’

 

प्रकाशित समय : १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु