global ime bank Long Banner Ad

गृहपृष्ठ शिक्षकको कुटाइबाट १३ वर्षिय विद्यार्थी अविनास अस्पताल भर्ना

शिक्षकको कुटाइबाट १३ वर्षिय विद्यार्थी अविनास अस्पताल भर्ना

शिक्षकको कुटाइबाट १३ वर्षिय विद्यार्थी अविनास अस्पताल भर्ना

सिरहा । गोलबजार नगरपालिका वडा नं. ७ चाहेर्वा स्थित एपेक्स विद्या मन्दिरमा कक्षा ८ अध्ययनरत १३ वर्षिय छात्र अविनास यादव शिक्षकको कुटाईबाट मुर्छित भएका छन् ।

अविनासको बुबाले विद्यालयबाट बालक छोराको उद्धार गरी गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना गराएका छन् । बालक अविनासको उपचार भइरहेको छ । उनी खतरामुक्त भएपनि तङ्गरिन एक साता लाग्न सक्ने अस्पताल सुत्रले बताएको छ ।

शिक्षक सन्तोष गुप्ताले अविनासलाई कोठा थुनेर बाँसको लठ्ठीले सकुनञ्जेल लगातार प्रहार गरेको विद्यार्थी अविनासले होसमा आएपछि अस्पतालको शैय्या बाट बताएका छन् । बालक अविनासको गाला, पिठ्यु र तिघ्रामा गहिरो घाउ चोट र दर्जनौ नील डाम देखिन्छ ।

गृहकार्य नगरेको र भने अनुसार नगरी अटेरी गरेको निहुमा शिक्षक गुप्ताले बालक छात्रलाई मरनासन्न हुने गरी कुटेको अविनासका बुबा सुरेश कुमार यादवले बताए । उनले भने म खाना खान बसेकामे थिएँ , अचानक कसैले फोन ग¥यो । तिम्रो छोरालाई पिटेर बेहोस बनाएको छ भनेपछि म गाँस छोडेर कुदे । विद्यालयमा पुग्दा मेरो बच्चा इन्तु न चिन्तु थियो । उनले भने कसाईहरु रहेछन् , झण्डै मेरो बच्चा मारेनन् ।

सख्त कारवाही हुनुपर्छ – हामीले न्याय पाउनु पर्छ यादवले आँशु झार्दै भने । विद्यार्थीलाई निर्घात कुट्ने शिक्षक सन्तोष गुप्तालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीले कानून बमोजिम कारवाही हुने बताएको छ ।

प्रकाशित समय : १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु