global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कार्यान्वयन योग्य योजनाको माग

कार्यान्वयन योग्य योजनाको माग

कार्यान्वयन योग्य योजनाको माग
सरकारले महत्वाकाङ्क्षी योजना तथा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न सांसदहरुले माग गरेका छन।
प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा सांसदहरुले नीति तथा कार्यक्रम र वार्षिक बजेटमा परेका योजनाको कार्यान्वयन पक्ष निकै कमजोर रहेको बताए।
आजको बैठकमा सांसद सुहाङ्ग नेम्वाङले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्नुहुँदै त्यसको कार्यान्वयन पक्षलाई पनि महत्वका साथ हेरिनुपर्ने बताए । “नीति सकारात्मक छ । यसको कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना समय र लागत पनि तयार पारियोस्”, उनले भने । विगतका वर्षहरुमा नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसक्दा नागरिकस्तरबाट शङ्का र आलोचना उठ्नु स्वाभाविक रहेको उनको टिप्पणी छ ।
त्यसैगरी आगामी आवको नीति तथा कार्यक्रममा युवालाई लक्षित गरी योजना तथा कार्यक्रम ल्याइनु सकारात्मक रहेको उनले बताए । युवा सशक्तीकरण, सीप विकास, उद्यमशीलता प्रवद्र्धनलगायत विषयको कार्यान्वयन पक्षलाई मिहीन ढङ्गले हेरिनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, धेरै वटा कानुन निर्माण तथा संशोधन गर्ने भनेर किटानका साथ नीति तथा कार्यक्रममा परेका विषयलाई पनि उनले सकारात्मक रुपमा लिइनुपर्ने बताए । सबै राजनीतिक दल तथा नेतृत्वको काम गर्ने शैली फरक भए पनि देशलाई समृद्धितर्फ डो¥याउने सबैको एउटै गन्तव्य भएकाले सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए।
सांसद रणकुमारी बलम्पाकी मगरले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने मुख्य लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आएको बताइन । नीतिगत भ्रष्टाचार र कार्यान्वयन तहमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने लक्ष्य राखिएको उनले उल्लेख गरिन । त्यस्तै, स्थानीय उपजको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने आवश्यक भएको उनले बताइन । आन्तरिक उत्पादन र खपतलाई बढावा दिन भन्सार नीतिमा पुनरावलोकन गर्नुपर्नेमा उनले जोड दिइन ।
सांसद प्रेमबहादुर महर्जनले सरकारले ल्याएको वार्षिक नीति तथा कार्यक्रमकोए । त्यस्तै, सबै क्षेत्रको विकासलाई समान ढङ्गले हेर्ने तथा शिक्षा, स्वास्थ्य, ऊर्जालगायत क्षेत्रमा सबै नागरिकको पहुँच पु-याउने लक्ष्यका साथ नीति तथा कार्यक्रम आएको उनको दाबी छ ।
रातो मच्छेन्द्रनाथको जात्रालाई विश्वभर पहिचान दिन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि पहल गर्न पनि सरकारसँग आग्रह गरे । त्यस्तै, भौतिक पूर्वाधार योजनाको पुनःप्राथमिकीकरण गरेर चाँडो निर्माण सम्पन्न हुने र प्रतिफल दिने योजनालाई अघि बढाउने नीति सरकारले लिनु स्वागतयोग्य रहेको उनले उल्लेख गरे । काठमाडौँ उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणीय स्थल बनाउनका लागि पहल थालिनुपर्नेमा पनि सांसद महर्जनले जोड दिए ।

प्रकाशित समय : १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु