global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ चेम्बर र युएनडीपीबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न समझदारी

चेम्बर र युएनडीपीबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न समझदारी

चेम्बर र युएनडीपीबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न समझदारी

नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ ।

आज काठमाडौँको जमलस्थित चेम्बर भवनमा आयोजित छलफल कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका आवासीय प्रतिनिधी क्योको योकोशुकाबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो ।

सो अवसरमा चेम्बर अध्यक्ष अग्रवालले हरित अर्थतन्त्रको विकासमा टेवा पुग्नेगरी व्यवसायिक निरन्तर योजना कार्यन्व्यनका लागि पहल गरिने बताए । उनले भने, ‘जलवायु परिवर्तनका कारण व्यवसायमा पर्ने असरको अध्ययन र सो संग सम्वन्धित नीतिको तर्जुमा गर्न तीनै तहको सरकासंग पहल गर्न आवश्यक छ ।’ अध्यक्ष अग्रवालले साना तथा मझौला उद्योगहरुमा बिपदको असरको अध्ययन गर्नुपर्ने र सोको न्यूनीकरणका लागि बिमा लगायतका व्यवस्थाहरूमा सचेतना जगाउनुपर्ने बताए । त्यस्तै, युएनडीपीका आवासीय प्रतिनिधी क्योको योकोशुकुले निजी क्षेत्रको संलग्नतामा स्थायी प्रकृतिको बिपद प्रतिकार्य कोष स्थापना गर्नुपर्ने बताइन ।

जलवायु परिवर्तनले औद्योगिक र व्यवसायिक क्षेत्रमा परेको असर न्यूनीकरणका लागि निजी क्षेत्रले नै अग्रणी भूमिका खेल्दा प्रभावकारी हुने उनको भनाई छ । यसअघि नेपाल चेम्बर र युएनडीपीले काभ्रेको नमोबुद्ध र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्ननिर्माण र जिविकोपार्जनबारे सहकार्य गरेका थिए ।

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु