global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘म्यान–सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड’ स्थापना गर्न सिटिजन्स बैंक र म्यानबीच सम्झौता

‘म्यान–सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड’ स्थापना गर्न सिटिजन्स बैंक र म्यानबीच सम्झौता

‘म्यान–सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड’ स्थापना गर्न सिटिजन्स बैंक र म्यानबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) बीच संयुक्त रूपमा “म्यान–सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड” स्थापना गर्ने सहमति भएको छ । आज म्यानको कार्यालयमा आयोजित कार्यक्रममा सो सहमति पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र म्यानका अध्यक्ष मोहन राज ओझाले हस्ताक्षर गरेका हुन् । यो अवार्ड व्यवस्थापन संकाय अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले ल्याइएको सिटिजन्स बैंक इन्टरनेसनले जनाएको छ ।

पुरस्कार पूर्वाञ्चल युनिभर्सिटी अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता प्रदर्शन गर्ने प्रतिभाशाली विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिनेछ । पुरस्कारको राशी एकाउन्न हजार रुपैयाँ तोकिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड यस अवार्डको प्रायोजक हुनेछ र वार्षिक रूपमा आवश्यक रकम उपलब्ध गराउनेछ । उत्कृष्ट विद्यार्थीको चयनका लागि सिटिजन्स बैंक, पूर्वाञ्चल युनिभर्सिटी र म्यानेजमेन्ट एशोसिएशन अफ नेपालका प्रतिनिधिहरू सम्मिलित समिति गठन गरिने उल्लेख गरिएको छ ।

पुरस्कार हरेक वर्ष माघ महिनामा म्यानद्वारा आयोजित म्यानेजमेन्ट कन्भेन्सनको अवसरमा प्रदान गरिने भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६१ जिल्लामा फैलिएका २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग इकाइहरूबाट १८ लाख ८६ हजारभन्दा बढी ग्राहकहरूलाई आधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय : १५:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु