गृहपृष्ठ अझै स्वीकृत भएन कार्यकारी निर्देशक भट्टको राजीनामा

अझै स्वीकृत भएन कार्यकारी निर्देशक भट्टको राजीनामा

अझै स्वीकृत भएन कार्यकारी निर्देशक भट्टको राजीनामा

नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुंगानाले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न अझै अटेर गरेकी छिन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशन पालनामा ढुंगानाले अटेरी गरेकी हुन् । कामु गभर्नर ढुंगानालाई अर्थमन्त्री विष्णु पौडेलले कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न अघिल्लो आइतबार नै निर्देशन दिएका थिए ।

सत्तारूढ गठबन्धनका प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच डा.भट्टलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति भएको चर्चा सार्वजनिक भएपछि भट्टले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । तर, आफूसमेत गभर्नरको आकांक्षी रहेको भन्दै कामु गभर्नर डा. ढुंगाना प्रतिस्पर्धीलाई बाटो सहज नगर्ने पक्षमा अडिक रहेकी छन् ।

राष्ट्र बैंक ऐनले गभर्नर पद रिक्त नहुने परिकल्पना गरे पनि दलहरूको छिनाझम्टीले रिक्त भएको लामो समय नाघिसक्दा पनि नियुक्ति हुन सकेको छैन । र महाप्रसाद अधिकारीको कार्यकाल सकिँदासमेत राष्ट्र बैंकले नयाँ गभर्नर पाउन सकेको छैन ।

प्रकाशित समय : १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु