गृहपृष्ठ अबैध लागू औषधसहित ७ जना पक्राउ

अबैध लागू औषधसहित ७ जना पक्राउ

अबैध लागू औषधसहित ७ जना पक्राउ

नेपाल प्रहरीले अवैध लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा विभिन्न स्थानहरूबाट सात जनालाई पक्राउ गरेको छ।

उनिहरुलाई विशेष सूचना प्राप्त भएपछि देशका विभिन्न जिल्ला र नगरहरूमा छापामारी गर्दै लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सुनसरी, धरान उपमहानगरपालिका(४ लामाचौरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्राम सहित धनकुटा चौबिसे गाउँपालिका(३ बस्ने १९ वर्षीय सुजन राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा।४२ प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका(१५ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ४० मिलिग्राम सहित बेलवारी नगरपालिका(४ बस्ने ३१ वर्षीय अनमोल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ भारत बिहार अररीया थाना जोगबनी बस्ने ६५ वर्षीया रोशनी खातुन र सुनसरी इनरूवा नगरपालिका(७ बस्ने ४२ वर्षीय लाल मोहमदले दिएको भन्ने खुल्न आएपश्चात रोशनी र लाल लाई समेत विराटनगर महानगरपालिका मटेरूवाबाट प्रहरीले पक्राउ गरेको छ ।

बाँके, बैजनाथ गाउँपालिका(७ पेडारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम र नगद १ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने ३३ वर्षीय अभिशेख थारूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका(३ यरीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने भारत बहराइज नानपारा चौकी(१६ घर भएका २४ वर्षीय रेहान खान लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका(१३ कैलालीगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३६ वर्षीय सहदेव रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय : १५:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु