काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

इन्फिनिटी, मिथिलासँगै कालिका लघुवित्तले तेस्रो त्रैमाससम्म कति नाफा गरे ?

1.59K
shares

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ लाख ६१ हजार खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्म करीब ५ करोड २६ लाख लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष ९८.७४ प्रतिशतले खुद नाफा घटेको हो ।

यस वर्ष कम्पनीको खराब कर्जा ४.९७ प्रतिशतबाट बढेर १४.३५ प्रतिशत पुगेपछि नाफा प्रभावित भएको हो । योसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि १४ रुपैयाँ १० पैसाबाट घटेर १८ पैसामा झरेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी १९ करोड ३७ लाख रुपैयाँबाट बढेर करीब २५ करोड ५६ लाख रुपैयाँ पुग्दा सञ्चालन नाफा भने साढे ७ करोड रुपैयाँबाट घटेर साढे ९ लाख रुपैयाँभन्दा तल झरेको छ । चुक्ता पूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा करीब १ करोड ७० लाख रुपैयाँ र रिजर्भमा १७ करोड रुपैयाँ सञ्चिति रहेको छ । त्यसैगरी, चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मिथिला लघुवित्तले ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ७७.१४ प्रतिशतले धेरै हो । गत वर्षको त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशतले बढेर १३ करोड ८३ लाख रुपैयाँ पुगेको छ । हाल मिथिला लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख रुपैयाँ र जगेडा कोषमा १९ करोड ८२ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १९६.९८ रुपैयाँ छ । त्यसैगरी चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कालिका लघुवित्तको खुद नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । यसअवधिमा खुद नाफा १११.६७ प्रतिशतले बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ । यस्तै, खुद ब्याज आम्दानी ४८.७१ प्रतिशतले बढेर २६ करोड ८१ लख ३१ हजार रुपैयाँमा पुगेको छ । साथै, सञ्चालन आम्दानी १११.४३ प्रतिशतले बढेर ९ करोड ७० लाख ३७ हजार रुपैयाँ पुगेको छ । कालिका लघुवित्तका चुक्ता पुँजी ४० करोड ७६ लाख ९२ हजार रुपैयाँ रहेको छ ।