गृहपृष्ठ एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
अप्रिलमा दुईलाख ५० हजार भन्दा बढी अफगान शरणार्थीहरू छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केको शरणार्थीका लागि राष्ट्र सङ्घीय उच्च आयुक्त ९यूएनएचसीआर० जनाएको छ ।
स्वदेश फिर्ता हुनेहरूमध्ये अधिकांश महिला तथा बालबालिका रहेका जनाइएको छ । शरणार्थी समयमा उनीहरू शिक्षा, आवागमनको स्वतन्त्रतालगायतका प्रतिबन्धका विचमा अनिश्चित भविष्यको सामना गरिरहेका छन् । उनीहरूले स्वऐच्छिक रुपमा सुरक्षित र सम्मानजनक फिर्ता हुन पाउनुपर्ने युएनएचसीआरले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ ।
करिब ७० लाख अफगान शरणार्थीमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू हाल विदेशमा बसिरहेका छन् अधिकांश इरान र पाकिस्तानमा छन् ।
पाकिस्तानी सरकारले सन् २०२५ सम्ममा ३० लाख अफगानीहरूलाई निष्कासन गर्ने योजना बनाएको छ भने इरानी अधिकारीहरूले कागजातविहीन अफगानीहरूलाई आफ्नो घर फर्कन आग्रह गरेका छन् ।
अफगानिस्तानको चरम गरिबी र बेरोजगारीले आफ्ना नागरिकहरूलाई इरान पाकिस्तान लगायतका वैदेशिक मुलुकमा अवसरहरूको खोजी गर्दै देश छोड्न बाध्य पारेको जनाइएको छ ।
प्रकाशित समय : १५:१६ बजे



















