गृहपृष्ठ मातृभूमि लघुवित्तले एफपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा दियो निवेदन
मातृभूमि लघुवित्तले एफपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा दियो निवेदन
मातृभूमि लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
संस्थाले साढे ११ करोड रुपैयाँबराबरको एफपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरपछि बनेको मातृभूमि लघुवित्तले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै एफपीओ ल्याउन अनुमति मागेको हो ।
संस्थाले १०० रुपैयाँ दरका कुल ११ लाख ४९ हजार ९८२.६० कित्ता एफपीओ सर्वसाधारणलाई बिक्री खुला गर्नेछ । यो संस्थाको एफपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
प्रकाशित समय : १५:३२ बजे



















