global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु

धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु

धरानबाट भोजपुर जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु

विराटनगर । धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान धनकुटामा दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–६ गोठगाउँमा बिहान करिब १० बजेतिर को १ ख २१७७ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालका अनुसार घटनामा धनकुटा–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको छ । गम्भीर घाइते भएकी राईलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल धनकुटा पु¥याइएको थियो ।

तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । वसमा १४ जना सवार रहेका थिए । अन्य १३ जना घाइते रहेको र तीन जनाको अवस्था गम्भीर रहेको उनले बताए । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको डीएसपी खनालले जानकारी दिए ।
घाइतेहरुः
भोजपुरका ५८ वर्षिय लीलाबहादुर श्रेष्ठ । गम्भीर
भोजपुरकै ६० वर्षीय देवी विक । गम्भीर
धनकुटाका ६० वर्षीय हंशबहादुर राई । गम्भीर
धनकुटाका ३४ वर्षीय धनकुमार बिक ।
धनकुटाकै ६० वर्षीया दीर्घमाया राई ।
भोजपुरका २० वर्षीय सूर्यमणि तामाङ ।
भोजपुरकै अनमोल तामाङ ।
भोजपुरकी २४ वर्षीय सविना बराइली ।
भोजपुरका ८० वर्षीय गंगाप्रसाद सापकोटा ।
भोजपुरकी ५१ वर्षीया पूर्णमाया तामाङ ।
बस चालक सुनसरीका का ५१ वर्षीय रुद्र तामाङ ।
सुनसरीका ४८ वर्षीय कृष्ण राउत ।
सुनसरीका २७ वर्षीय आयुष राई ।

प्रकाशित समय : १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु