global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ भिम चापागाईको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक

भिम चापागाईको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक

भिम चापागाईको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक

गायक भिम चापागाईको आवाजमा नयाँ गीत ‘मायाको हाँसो’ सार्वजनिक भएको छ । प्रेम र मिठासले भरिएको यो गीतले छोटो समयमै स्रोतामाझ उत्साहजनक चर्चा बटुल्न थालेको छ । गीतमा शब्द रचना नेत्र अर्यालले गरेका छन् भने संगीत र एरेन्ज लक्षु प्रकाश मल्लले गरेका छन् । लक्षु प्रकाश मल्ल विश्वकीर्तिमानी संगीतकार हुन । गीतको मिक्सिङ र माष्टरिङ एचबीएन किस्मतले सम्पन्न गरेका छन्। गीतको रेकर्डिङ कार्य १ डिबी स्टुडियोमा रेकर्डिस्ट राज खड्काले सम्हालेका हुन्।

समूह स्वरमा अञ्जन बाबु शर्मा र लक्षु प्रकाश मल्लले साथ दिएका छन्।’मायाको हाँसो’ को अडियो तथा भिडियो भिम चापागाईंको आधिकारिक च्यानल ‘Bhim Chapagain Official’ युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियो पक्षमा पनि गीतले उच्च स्तर कायम गरेको छ । भिडियोलाई निर्देशक अशोक बीकेले निर्देशन गरेका छन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन् । गीतको दृश्यलाई जीवन्त बनाउन नवराज उप्रेतीले सिनेमाटोग्राफी गरेका छन् ।

भिडियोमा पुष्प खड्का र आयुषा क्षेत्रीले प्रेमिल जोडीको भूमिकामा अभिनय गरेका छन्। उनीहरूको स्वाभाविक अभिनयले गीतको भावनालाई अझ प्रगाढ बनाएको छ । मेकअप आर्टिस्टको रूपमा विमला तामाङको योगदान रहेको छ भने सम्पूर्ण पोस्ट-प्रोडक्सन कार्य ड्रागन पिक्चर्सले सम्हालेको हो। ‘मायाको हाँसो’ गीतले प्रेम, सम्बन्ध र रमाइलो भावनालाई सजीव रूपमा चित्रण गरेको छ ।

प्रकाशित समय : १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु