global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सुरक्षित नागरिक आवास कार्यक्रममा बजेट थप गर्न माग

सुरक्षित नागरिक आवास कार्यक्रममा बजेट थप गर्न माग

सुरक्षित नागरिक आवास कार्यक्रममा बजेट थप गर्न माग

नेकपा माओवादीका सांसद सुदन किराँतीले सुरक्षित नागरिक आवास कार्यक्रममा आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सुरक्षित नागरिक आवास कार्यक्रम सरकारको लोकप्रिय कार्यक्रम भएपनि यसमा बजेट प्रर्याप्त नभएको भन्दै आवश्यक बजेट व्यवस्था गरि समस्याको समाधान गर्न माग गरेका छन् ।

उनले भने, ‘सुरक्षित नागरिक आवास कार्यक्रम सरकारको लोकप्रिय कार्यक्रम थियो । यस कार्यक्रम अन्तरगत स्विकृत लाभग्राही २ लाख १४ हजार थिए । लाखौ परिवार आज प्रभावित छन् । २०८२ र ०८३ आर्थिक वर्षमा विनियोजित रकम ३५ करोड थियो । आवश्यक रकम दुई अर्ब ९६ करोड छ । सरकारले पैसा दिने आशामा ७५ हजार ऋण लिएर छानो हालियो, ब्याज आज डबल भयो । जनता सुरक्षित होइन असुरक्षित भएका छन् । ऋणको पासोमा परेर आत्महत्या गर्ने जस्तो अवस्था जनताको भएको छ ।

आवश्यक बजेट व्यवस्था गरि समस्याको समाधान गरियोस । सरकार छैन भनिरहेका बेला सरकार देखा पर्नुपर्यो ।’

प्रकाशित समय : १२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु