global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग

रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग

रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग

नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको धारणा माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रेशम चौधरी पक्राउ परेको प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्री सदनमा आएर जवाफ दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘पूर्व माननीय रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्याइयो । महिमानसिंह विष्टले जुन पक्राउ गर्ने पुर्जी काट्नु भएको छ, सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको छ । यतिबेलासम्म पनि सरकारले कहीँकतै नबोलेको हुनाले म यसै गरिमामय सदनलाई प्रधानमन्त्री, गृहमन्त्रीले जवाफ दिन माग गर्दछु ।’

साथै उनले प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर जवाफ नदिएमा आफूहरु सरकार छाड्न बाध्य हुने चेतावनी दिए । गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम थियो । तर, गलत पत्रको आधारमा रेशमलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाइएको थियो । सर्वोच्चले रेशमलाई थुनामा पठाउने पत्र फर्जी रहेको भनी अर्को पत्र काटेसँगै साढे ५ घण्टा कारागार बसेर उनी छुटेका थिए ।

प्रकाशित समय : १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु