global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल बैंक र पिपल्स डेन्टल कलेजबीच उपचारमा छुट दिने सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेजबीच उपचारमा छुट दिने सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेजबीच उपचारमा छुट दिने सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ।

श्रावण १८ गते भएको सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहक र बैंकका कर्मचारीले काठमाडौंको नयाँबजारस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल तथा सोअन्तर्गत सञ्चालित जनरल अस्पतालबाट सेवा लिँदा बिरामी दर्ता र स्वास्थ्य परीक्षणमा शतप्रतिशतसम्म छुट पाउनेछन्। साथै अस्पतालका विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशतसम्म छुट प्रदान गरिनेछ।

सम्झौतापत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलका प्रबन्ध निर्देशक रोशन लुइँटेलले हस्ताक्षर गरेका छन्।

बैंकका अनुसार यस सम्झौताबाट नेपाल बैंकका ग्राहक तथा कर्मचारीले गुणस्तरीय स्वास्थ्य सेवा सहुलियतपूर्ण शुल्कमा प्राप्त गर्नेछन्।

नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले आधुनिक बैंकिङ प्रविधि, दक्ष व्यवस्थापन र ग्राहकमैत्री सेवामार्फत आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ।

प्रकाशित समय : ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु