global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली सेनाको करार सेवामा ३० जना शिक्षकका लागि दरखास्त आह्वान

नेपाली सेनाको करार सेवामा ३० जना शिक्षकका लागि दरखास्त आह्वान

नेपाली सेनाको करार सेवामा ३० जना शिक्षकका लागि दरखास्त आह्वान

नेपाली सेनाले करार सेवामा ३० जना शिक्षकका लागि दरखास्त आह्वान गरेको छ।

सैनिक कल्याणकारी निर्देशनालयले आज सूचना जारी गर्दै दैनिक ज्यालादारी रुपमा पारिश्रमिक बुझ्ने गरि ३० जना शिक्षक र दुई जना कर्मचारी माग गरेको हो।

सैनिक आवासिय मावि भक्तपुर, विजेश्वरी ज्ञान मन्दिर, सैनिक महाविद्यालय विजेश्वरी, रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसवारी, स्वेततारा पूर्व प्राथमिक सैनिक विद्यालय छाउनी, सैनिक आवासिय महाविद्यालय बुटवल, सैनिक आवासिय महाविद्यालय पोखरा, सैनिक आवासिय महाविद्यालय महोत्तरी, सैनिक आवासिय महाविद्यालय चितवन लगायतका स्थानमा सेनाले सञ्चालन गरेका विद्यालयका लागि शिक्षक माग भएको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले एक साताभित्र दरखास्त दिन सेनाले आह्वान गरेको छ।

प्रकाशित समय : १०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु