काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नवौँ पोखरा स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक

1.66K
shares

नवौं पोखरा स्पोर्टस अवार्डका लागि खेलाडी र प्रशिक्षकहरूको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आउँदो २६ गते आयोजना हुने स्पोर्टस अवार्डका लागि विभिन्न ४ विभिन्न विद्यामा १२ जनाको नाम सार्वजनिक गरिएको हो ।

जस अनुसार वर्ष उत्कृष्ट खेलाडी पुरुषमा विश्वास अधिकारी (भलिबल), प्रदीप खड्का (टेनिस) र सुमित श्रेष्ठ (फुटबल) रहेको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थामगरले जानकारी दिए ।

वर्ष उत्कृष्ट खेलाडी महिलामा अरुणा शाही (भलिबल), कृपा गुरूङ (फेन्सिङ) र सुष्मिता थापामगर (आइटिएफ तेक्वान्दो-मुआथाई) छन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा बादल कार्की (एथलेटिक्स), जितबहादुर सार्की (भलिबल), रचना चौधरी (क्रिकेट) छिन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा नीरज थापा ९टेनिस०, रमेश केसी (भलिबल) र राजेन्द्र तामाङ (फुटबल) छन् ।

पोखरा स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट महिला र पुरुष खेलाडीले ट्रफीसहित इलेक्ट्रिकल स्कुटर हात पार्ने छन् भने उदीयमान खेलाडी प्रशिक्षकले ट्रफीसहित जनही नगद ३५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।