काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

2.08K
shares

सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ३ लाख ९१ हजार ५७० कित्ता शेयर बिक्रीमा राखेको हो ।

यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन् । शेयर खरिदका लागि निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ।

यस अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।