global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनविचार गरेर घटाउनुपर्छ: मन्त्री राई

राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनविचार गरेर घटाउनुपर्छ: मन्त्री राई

राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनविचार गरेर घटाउनुपर्छ: मन्त्री राई

नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा कार्यक्रममा संघीय संसद अन्तरगत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिले तयार पारेको सुझाव र ध्यानाकर्षण पत्र रक्षामन्त्री मानबिर राईलाई हस्तान्तरण गरिएको छ । मंगलबार बसेको समितिको बैठकमा समिति सभापति ठाकुर प्रसाद गैरेले रक्षामन्त्री मानवीर राईलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

सोही क्रममा मन्त्री राईले अनावश्यक घोषणा गरेर मात्र राख्नेहो भने राष्ट्रिय गौरवका आयोजनाहरुलाई पुनविचार गरेर घटाउनु उचितहुने बताएका छन् । उनले भने, ‘राष्ट्रियगौरवका आयोजनाहरुलाई पुनविचार गर्नुपर्छ । अलिकति अध्ययन गरेर घटाउनु पर्छ भने पनि घटाउथुप्रै योजना घोषणा गर्ने काम भने नहुने भयो भने, हाम्रो आन्तरिक अवस्थाले धान्दैन् भने अनावश्यकघोषणा गरेर किन राख्ने सक्ने मात्र गरौं भन्ने मेरो पनि मत छ ।’ यस्तै, उनले समितिबाट प्राप्त सुझावबुझेर जस्ताको त्यस्तै प्रधानमन्त्री र भौतिक मन्त्रीलाई बुझाउने बताए ।

उनले भने, ‘तपाईहरुले दिनु भएको सुझावबुझेर जस्ताको त्यस्तै प्रधानमन्त्री र भौतिक मन्त्रीलाई बुझाउनु पर्छ । हामीले सोचेको लक्ष्यहासिल गर्न समस्याभई रहेको छ । कतिपय कुराहरु पहिचानगर्न जरुरी हुन्छ । कुन कुरालाई उच्च प्राथमिकतामा राख्ने भनेर पनि ध्यान दिनुपर्छ ।’

 

 

प्रकाशित समय : १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु