global ime bank Long Banner Ad

गृहपृष्ठ निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु-याएको छ : सभापति देउवा

निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु-याएको छ : सभापति देउवा

निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु-याएको छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पु-याएको बताएको छ ।

नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागद्वारा आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निजी क्षेत्रले उठाएका ‘एजेन्डा’ सम्बोधन गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।

“स्वदेशमा उत्पादित वस्तु बजार प्रवद्र्धन गर्न उद्योग व्यवसायलाई प्रवद्र्धन गर्नुपर्छ । स्वदेशी वस्तुको उत्पादन बढाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ । रोजगारी बढाउन निजी क्षेत्र र सरकारबीच समन्वय आवश्यक छ,” उनले भने, “डिजिटल अर्थतन्त्रले पनि ठूलो हिस्सा ओगटेको छ । आगामी आर्थिक वर्षको बजेट डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने किसिमको हुनुपर्छ । यसबाट  सूचना प्रविधिको प्रवद्र्धनमा टेवा पुग्ने छ ।”

सभापति देउवाले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने र आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे  ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता समीकरणलाई निरन्तरता दिइने विश्वास दिलाए । “अहिलेको सत्ता समीकरण निरन्तर अगाडि बढ्छ । तर यसका लागि सरकारले मन जित्ने गरी काम गर्नुपर्छ,” उनेले भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण राज्यले तयार गर्नुपर्ने र सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न निजी क्षेत्रले सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले विदेशी नागरिकलाई ‘अपार्टमेन्ट’ बिक्री गर्दा फाइदा हुने भन्दै यसबाट पर्यापर्यटनको विकासमा पनि सहयोग पुग्ने बताए । कृषिमा वैदेशिक लगानी भित्र्याउन नीति अवलम्बन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित समय : १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु