global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ शिक्षा उपसमितिले गरिरहेको काम कारबाही मन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ: सांसद थापा

शिक्षा उपसमितिले गरिरहेको काम कारबाही मन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ: सांसद थापा

शिक्षा उपसमितिले गरिरहेको काम कारबाही मन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ: सांसद थापा

नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले शिक्षा ऐन सम्बन्धी बनेको उपसमितिमा भईरहेको कामको बारेमा सरकार र शिक्षा मन्त्रालयले शिक्षकहरुलाई र सिंगो देशलाई जानकारी गराउनमाग गरेकाछन् । सोमबार प्रतिनिधि सभाको बैठकमाउनले उपसमितिमा भईरहेको कामको बारेमा शिक्षा मन्त्रीलेसंसद मार्फत सिंगो देशलाई जानकारी गराउनु पर्नेबताएकाहुन् ।

उनले भने, ‘यो सदनमा शिक्षामन्त्रीले पनि विषयवस्तु राख्नुपर्छ, उहाँले यो संसद र संसद मार्फत सिंगो देशलाई जानकारी गराउनु पर्छ । शिक्षा उपसमिति जुनगठन भएको छ त्यहाँ सबै पक्षको सर्वसहमतिमा एकसरो हिसाबले सबै दफामा छलफल भईरहेको छ र अब केहीछलफल जारी रहेका विषयलाई टुङ्गाउने क्रममाकाम भईरहेको छ । उपसमितिमा भईरहेको कामलाई सरकार र शिक्षा मन्त्रालयले शिक्षकहरुलाई र सिंगो देशलाई जानकारी गराउनु पर्छ ।’

यस्तै, उनले बैशाख १४ गते भएको घटनादुखलाग्दो भएको भन्दै प्रहरी र शिक्षकदुबै पक्षले धर्यताका साथ आफ्नो काम गर्नुपर्ने बताए । उनले भने, ‘हिजो भएको घटनाप्रति म दुखव्यक्तगर्न चाहान्छु । यस्तो घटनानुहुनु पर्नेथियो । प्रहरीहरु र शिक्षकहरुपनिराष्ट्र सेवकहुन्, राष्ट्र सेवकहरु माथियो खालको आन्दोलनको नाममा गरिने व्यवहार गर्नु उचितहोईन् । म शिक्षकहरुलाई आफ्ना घोषित कार्यक्रमअनुसार नै सरकार, संसद, समाज र सिंगो देशको जुनध्यानाकर्षण गराई रहनु भएको छ त्यो प्रक्रियालाई नै अगाडिआग्रह गर्न चाहान्छु र सुरक्षाकर्मीहरुलाई पनिसंयम भएर काम गर्न आग्रह गर्न चाहान्छु ।’

प्रकाशित समय : १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु