गृहपृष्ठ नीतिगत स्थिरता भएमात्र अर्थतन्त्र सबल हुन्छ : चन्द्र ढकाल
नीतिगत स्थिरता भएमात्र अर्थतन्त्र सबल हुन्छ : चन्द्र ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई नेपाली कांग्रेसले बुझेको भन्दै अब नीतिगत अस्थिरता हटेर स्थिरता हुनेमा विश्वास व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको आयोजनामा राजधानीमा उद्योगी व्यवसायीहरुसँग भएको वृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नीतिगत अस्थिरताले गर्दा राजश्व बढाउने, रोजगारी बढाउने विषय अलमलमा रहेको बताए ।
अन्तरक्रियामा सभापति शेरबहादुर देउवा, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, प्रवक्ता डा प्रकाशचन्द्र महत, चेम्बर अफ कमर्शका कावा अध्यक्ष दीपक मल्होत्रा, नेपाल परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
प्रकाशित समय : ११:३९ बजे


















