गृहपृष्ठ काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौंमा वर्षा भएको छ । आइतबार दिउँसो हावाहुरीसहित वर्षा भएको हो । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै केही घण्टा हल्का वर्षा र चट्याङ्गको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव देशका विभिन्न स्थानमा देखिएको छ । त्यसैगरी, आइतबार राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी र मधेस प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बागमती र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रकाशित समय : १४:२३ बजे



















