गृहपृष्ठ नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन ‘स्प्रिङ कन्र्सट’
नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन ‘स्प्रिङ कन्र्सट’
काठमाडौं । काठमाडौं महानगरपालिका १८ वडाको वडाध्यक्ष र सम्पदा समितिको सदस्य न्हुच्छेकाजी महर्जनले सांस्कृतिक बाजाहरुलाई व्यवसायिक रुपमा अगाडि बढाउन महानगरपालिका लागि रहेको बताएका छन् ।
शनिबार काठमाडौं युथ आर्केस्ट्राले आयोजनामा गरेको ‘स्प्रिङ कन्सर्ट’ मा उनले सांस्कृतिक बाजालाई व्यवसायिक रुपमा अगाडि बढाउन सकिन्छ भन्ने सन्देशसहित महानगरपालिका लागि रहेको भन्दै यसले गर्दा पनि युवाहरु आकर्षित भइ रहेको बताए ।
उनले भने, ‘हिजोको समयमा बाजा बजाएर के हुन्छ र भन्ने गरेका थिए भने अहिले युवाहरुले यसलाई व्यवसायिक रुपमा अगाडि बढाउन सकिन्छ भन्ने सन्देशसहित महानगरपालिकाले सिकाइ रहेको छ । त्यसकारण यसप्रति युवाहरु आकर्षित भइरहेका छन् ।’
यस्तै, उनले अन्तर्राष्ट्रिय स्तरमा नेपाली गीत संगीत बजाउने उद्देश्यले, नेपालको संस्कृती सम्बन्धी प्रचारप्रसार गर्नको लागि नेपालमा स्प्रिङ कन्र्सट गरिएको बताए । ।
उनले भने, ‘संगीतको सम्बन्धमा आयोजित कार्यक्रम हो । नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नको लागि एउटा किताब पनि विमोचन भएको छ । जसमा संगीतका बोलहरु छन् । किताब हेरेर जोकोहीले पनि नेपाली संगीत बजाउन सक्छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपाली गीत बजाउने उद्देश्यले किताब लेखिएको हो । नेपालको संस्कृती सम्बन्धी प्रचारप्रसार गर्नको लागि कार्यक्रम आयोजना भएको हो ।’
सोही क्रममा काठमाडौं युथ आर्केस्ट्राका सचिव न्हुच्छे मुनिकारले नेपालको गीत संगीतलाई अन्तर्राष्ट्रियकरण गर्नको लागि विभिन्न देशका कलाकारहरुसँग मिलेर कार्यक्रम गरिरहेको बताए ।
उनले भने, ‘हामी नेपालीहरु गीत संगितमा धेरै धनी छौं । तर यसलाई अन्तर्राष्ट्रियकरण गर्ने हिसाबले लान सकेका छैनौ र त्यसैको लागि विभिन्न देशका कलाकारहरुसँग मिलेर कार्यक्रम गरिरहेका छौ । आउँदो दिनमा पनि नेपाली संगीतलाई जोगाउन कार्यक्रम गर्ने सोच बनाएका छौ ।’
कार्यक्रममा सिंगापुर बसेर संगीत सिकाइरहेका अमेरिकी संगीतकार, कलाकार एवम संगीत शिक्षक डा.जोन शार्पलीले पनि प्रश्तुती दिए । अमे डे लुमिएर होलिस्टिक सिंगापुर साउन्ड हिलरकी संस्थापक, मेटाफिजिशियन, इनर्जी हिलर, डकुमेन्ट्री निर्माता अमेलिया काङले पनि सहभागिता जनाइन् ।
कन्र्सटमा पूराना गीतहरुको प्रश्तुतीले शनिबार रसियन कल्चर सेन्टरको हल गुन्जयामान भयो । कन्र्सटमा ‘प्रेट्रोटिक संङ, ‘कल्चरल संङ’, ‘हेलिङ म्यूजिक’ प्रश्तुत गरियो ।
प्रकाशित समय : १८:५३ बजे



















